०४ माघ २०८१

घरेलु मदिरा नष्ट

२३ आश्विन २०७५, मंगलवार १३:३४ मा प्रकाशित

भद्रपुर, २३ असोज,,   मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।

बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैधरुपमा यसको बिक्री वितरण भइरहेकाले प्रहरीले कडा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

एक साता अघि मात्र भद्रपुर, गौरीगञ्जलगायतका स्थानमा पनि घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेका थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter