०६ चैत २०८१

कलङ्की– नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

२२ आश्विन २०७५, सोमबार १२:२३ मा प्रकाशित

काठमाडौँ, २२ असोज ,,   सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न लागिएको जनाएको छ । कलङ्की नागढुङ्गा सडकखण्डको ढुङ्गाअड्डादेखि तीनथाना बस विसौनीसम्म प्रसारण लाइन सार्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गलगायतका स्थानमा विद्युत् कटौती हुने भएको हो ।

तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालन गर्न सकिनेसमेत प्राधिकरणले जनाएको छ । सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिलो समयमा २४ घण्टा नै सो क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter