०४ माघ २०८१

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

२२ आश्विन २०७५, सोमबार ११:२३ मा प्रकाशित

म्याग्दी २२ असोज ,,   मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलोसिस, मिर्गाैला प्रत्यारोपण र औषधि खाने खर्च जुटाउन नसकेपछि ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सुरेश बचाउ अभियान शुरु गरेको थियो ।

मोना कुवेतका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष कृष्णप्रसाद खड्काले कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक डकबहादुर रोकामार्फत सुरेशकी आमा सीतालाई नगद हस्तान्तरण गर्नुभयो ।

यसैगरी सुरेशको उपचारका लागि हाल जापानमा रहनुभएका कमल बानियाँ र सुरेश पुनको पहलमा सङ्कलित रु ८९ हजार ५५० पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । अलका अस्पतालमा उपचार गराइरहेका छन्त्यालको लागि हालसम्म रु २३ लाख सहयोग जुटेको संस्थाले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter