११ माघ २०८१

पाठेघरको सफल शल्यक्रिया

२१ आश्विन २०७५, आईतवार १०:३८ मा प्रकाशित

नवलपरासी, २१ असोज,,   पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो ।

केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको छ । पहिलो पटक अस्पतालका चिकित्सकको टोलीले पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ ।

विगत वर्षमा बिरामी रिफर सेन्टर र पोष्टमार्टम गृहको रूपमा चिनिँदै आएको जिल्लाको पृथ्वी चन्द्र अस्पतालले पछिल्लो पटक थप गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त जनशक्तिको अभावमा पनि सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter