०७ माघ २०८१

कृषि बिना देशको विकास सम्भव छैनः कृषि मन्त्री खनाल

१९ आश्विन २०७५, शुक्रबार १५:५१ मा प्रकाशित

असोज १९ सिन्धुली ।कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवन नहुेने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले सरकारले राम्रा कार्यक्रम बनाउन नसके देशको विकास सम्भव नहुने बताए ।
उनले जुनारको संरक्षण र प्रवद्र्धन गरी त्यसको विस्तारमा जोड दिनु पर्ने बताए । जुनारमा रोग तथा किरा लाग्ने संकमण देखिएको प्रति आफु चिन्तित र सशंकित भएको भन्दै उनले किरा नियन्त्रणका लागि सरकराले सक्दो पहल गर्ने बताए । आधुनिक र प्राविधिक रुपले कृषि विकास गर्नुपर्ने भन्दै मन्त्री खनालले सरकारले कृषिलाई सम्मानित र मर्यादित पेशाको रुपमा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।
जुनारको व्यवसायिक उत्पादन र विस्तार गर्दै अन्य कृषि उपजको उत्पादनमा पनि जोड दिन उनले किसानलाई आग्रह गरे । ‘जुनारसँगै किबी र कागती लगाऔं’ खनालले भने, ‘समग्र सिन्धुलीलाई कृषिको एउटा नमुना जिल्ला बनाऔं । त्यस्का लागि सरकारले बजेटमा कुनै कमी हुन दिने छैन ।’ जुनारकिसानले उठाएका समस्या समाधान गर्न आफु लागि परेको भन्दै मन्त्री खनाललेफर्केर काठमाडौँ गएपछि प्रधानमन्त्रीसँग सुपरजोनका लागि आवश्यक पर्ने बजेट थप गर्न आग्रह गर्ने उनले आश्वासन दिए ।
कार्यक्रममा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले सुपरजोनका लागि आएकोे बजेट अभाव नभएकाले त्यस्को सदुपयोग हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हुने बताए । विनियोजन भएको बजेटको सदुपयोग नभए कुनै पनि परियोजनाको लक्ष्यपुरा नहुने उनको भनाई थियो । किरा नियन्त्रण नभएसम्म जुनार परियोजनाले यहाँका किसानले लिने लाभ लिन नसक्ने गजुरेलको भनाई छ ।
जुनार सुपरजोन परियोजनाका उपसंयोजक लोकबहादुर आलेले किसानको दुख बुझ्ने सरकार आएकाले आम किसानको अपेक्षा बढेको बताए । सुपरजोन परियोजनाका प्रमुख ललनकुमार सिंहले परियोजनाको आयव्यय प्रस्तुत गरेका थिए ।
उनका अनुसार ४ हजार हेक्टर क्षेत्रफलमा सिन्धुलीको तीनकन्यामा १ हजार ६ सय किसानले जुनार खेती गरिरहेका छन् ।किसानले जुनार खेतीबाट प्रतिरोपनि१५ देखि २५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter