११ माघ २०८१

मिर्गौला पीडितलाई आर्थिक सहयोग

१९ आश्विन २०७५, शुक्रबार १४:१५ मा प्रकाशित

लिस्बन, १८ असोज ,,   दुवै मिर्गौला खराब भई उपचार गराइरहनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ ।

चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक लाख २३ हजार सङ्कलन भएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिनुभयो । चालिसेको काठमाण्डौँको वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि पहल भइरहेको छ । उहाँको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरबलगायतका देशमा सहयोग अभियान थालिएको छ । यसअघि समाजले चालिसेको उपचारका लागि रु एक लाख सात हजार चालिसेको परिवारलाई हस्तान्तरण गरिसकेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter