बागलुङ, १९ असोज,, आर्थिक सहयोग जुटेका कारण पत्रकार विजय रानाको उपचार सहज भएको छ । उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ ।
रानालाई शरीरमा रगत उत्पादन नहुने रोग देखा परेको छ । उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा गरी हालसम्म रु २० लाख सङ्कलन भएको छ । “सहयोगले रोगसँग लड्ने आत्मबल बढाएको छ,” रानाले भन्नुभयो । उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।
जिल्लामा अन्य सङ्घसंस्थाले समेत रानाको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन् । रोग पूरै निको हुन केही महिना लाग्ने चिकित्सकले बताएका छन् । उहाँको काठमाडौँस्थित निजामति अस्पतालमा उपचार भइरहेको छ । रक्तरोग तथा मज्जा प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले रानाको उपचार गरिरहनुभएको छ । जैमिनी नगरपालिका–७ जैदी घर भएका राना बागलुङबाट प्रकाशित ‘परिसूचन साप्ताहिक’का कार्यकारी सम्पादक तथा बागलुङ शाखाका कोषाध्यक्ष हुनुहुन्छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू