उर्लाबारी, १९ असोज ,, सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ ।
खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।
गृहमा ४८ बालबालिका आश्रित रहेको गृहका अध्यक्ष मीना बरालले जानकारी दिनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू