१८ माघ २०८१

अफगानिस्तानमा शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तान इच्छुक

१८ आश्विन २०७५, बिहीबार १४:५३ मा प्रकाशित

वासिङ्टन, १८ असोज ,,   पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले छिमेकी मित्रराष्ट्र अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्व समाधानका लागि संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पाकिस्तान इच्छुक रहेको बताउनुभएको छ । तर अमेरिकी वरिष्ट कुटनीतिज्ञ जाल्मी खलिलजादको विवादास्पद भनाइको मन्त्री कुरेसीले खुलेरै विरोध गर्नुभयो ।

अफगानिस्तानका लागि राजदूत रहिसकेका खलिलजादको विवादास्पद वक्तव्य अहिले पाकिस्तान सरकारका लागि गलपासो हुँदैछ । पाकिस्तानका लागि राजदूत नियुक्त भएका खलिलजादले विगतमा अफगानी विद्रोही लडाकूलाई पाकिस्तानले संरक्षण गरिरहेको भन्दै उनीहरुलाई दिइआएको सहयोग नरोक्दासम्म पाकिस्तानलाई आतङ्कवादी राष्ट्रको रुपमा घोषणा गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री कुरेसीले खलिलजादको नियुक्तिप्रति पाकिस्तानी सञ्चार माध्यमले बिरोध गरिरहेको बताउनुभयो । खलिलजादका भनाइहरु पाकिस्तानका सन्दर्भमा अत्यन्त नकारात्मक रहेको मन्त्री कुरेसीले उल्लेख गर्नुभयो । “उहाँ (खलिलजाद) लाई नयाँ भूमिका दिइएको छ, र मेरो विश्वास छ उहाँले पाकिस्तानका सन्दर्भमा धारणा राख्दा बढी संवेदनशील हुनु हुनेछ ।”

वासिङ्टनस्थित विचार समूह “युएस पिस इन्स्टिच्यूट” मा सम्बोधन गर्दै मन्त्री कुरेसीले भन्नुभयो, “हो, व्यक्तिगत धारणा राख्न सकिएला, तर औपचारिक पदमा रहेपछि बढी नै संयमित हुनु पर्दछ र बढी संवेदनशील पनि हुनु आवश्यक छ, त्यसपछि मात्र तपाइँ इमान्दार मध्यस्थकर्ता बन्न सक्नुहुन्छ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter