१८ माघ २०८१

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

१७ आश्विन २०७५, बुधबार १७:४१ मा प्रकाशित

नयाँ दिल्ली, १७ असोज ,,  भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उहाँलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीश गोगईलाई सपथ गराउनुभएको हो ।

उहाँलाई भारतीय राष्ट्रपति कोविन्दले गत सेप्टेम्बर ३ मा भारतको ४६ औँ प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

भारतको आसाममा जन्मिनुभएका प्रधानन्यायाधीश गोगई ६३ वर्षको हुनुहुन्छ । उहाँ भारतको उत्तरपूर्वी क्षेत्रबाट नियुक्त हुने पहिलो प्रधानन्यायाधीश बन्नुभएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उहाँको कार्यकाल १३ महिनाको मात्र रहेको बताइएको छ । प्रधानन्यायाधीश कोविन्द सन् २०१९ को नोभेम्बरमा सेवानिवृत्त हुनुहुनेछ । उहाँ राष्ट्रिय कानुन सेवा नियोगको कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter