११ माघ २०८१

अनुदानमा तोरीको बीउ वितरण

१७ आश्विन २०७५, बुधबार १७:०४ मा प्रकाशित

तुलसीपुर, १७ असोज ,,   तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको  बीउ वितरण गरे को  छ । तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभएको छ ।

कृषि शाखाले शान्तिनगर–३ साउनेपानीस्थित दीप कृषि सहकारी संस्था र साउने पानी सहकारीबाट उन्नत जातको तोरीको बीउ खरीद गरी कृषकलाई वितरण गरेको हो । रु ११० प्रतिकेजी तोरी खरिद गरी किसानलाई मागअनुसार रु ५५ केजी वितरण गरेको केसीले जानकारी दिनुभयो ।

त्यस्तै शाखाले बीज वृद्धि कार्यक्रमअन्तर्गत तुलसीपुर–१२ स्थित पशुपति आत्मनिर्भर बीउबिजन सहकारी संस्थालाई ५० किलो निःशुल्क तोरीको बीउ वितरण गरेको बताएको छ । पाँच हेक्टर जमीनमा उन्नत जातको तोरीखेती गरी आगामी वर्षमा सोही बीउ किसानलाई वितरण गरिने कृषि शाखाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र ४२ हेक्टर जमीनमा तोरी खेती हुँदै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter