०७ माघ २०८१

सात ट्याक्टर नियन्त्रणमा

१७ आश्विन २०७५, बुधबार १५:३२ मा प्रकाशित

चितवन, १७ असोज ,,   अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ ।

कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो ।

दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट विना अनुमति माटो निकासी गरिरहेको थियो । खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर रु ६०० को रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ । यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter