काठमाडौँ, १६ असोज,, नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकार दिनुभयो ।
महासङ्घले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ ।
–––
तपाईंको प्रतिकृयाहरू