०७ माघ २०८१

सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

१६ आश्विन २०७५, मंगलवार १४:१८ मा प्रकाशित

काठमाडौँ, १६ असोज,,  सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।

सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो । दुर्घटना गराउने सवारी साधनसहित चालक फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter