सिओल, दक्षिण कोरिया, १५ असोज ,, दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।
सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टर्नेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालिन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ ।
उहाँले तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा सकारात्मक विचार लेखेर उहाँको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ ।
हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गर्नुभएको छ ।
चोको नेतृत्वमा रहेका केही पूर्व प्रहरी अधिकारीसमेतको उक्त घटनामा सम्लग्नता रहेको आरोपमा अनुसन्धान जारी रहेको छ । यद्यपि पक्राउ आदेश दिन अदालतले भने अस्वीकार गरेको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू