धनगढी, १२ असोज ,, प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिकाको तेघरीमा स्थायी राजधानी बनाउन तथा नाम ‘सुदूरपश्चिम प्रदेश‘ राख्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ ।
प्रदेशसभाको जारी बैठकमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनका विषयमा प्रस्तुत प्रतिवेदन उपर छलफल जारी छ । प्रदेशसभा बैठकले आज प्रदेश राजधानी र नामाङ्कनको विषयलाई टुङग्याउने बताइएको छ । प्रदेशसभाका सदस्यको दुई तिहाई मतको आधारमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू