१० माघ २०८१

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

१२ आश्विन २०७५, शुक्रबार १८:२७ मा प्रकाशित

काठमाडौँ, १२ असोज ,,   फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।

शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ ।
क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई रु पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिनुभयो । दुबै सम्भौता ‘ए’ डिभिजन लिगको अवधिभरका लागि कायम हुनेछ । यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो । करीब चार चार वर्ष लिग रोकिएपछि दुबैको सहमतिमा सम्झौता स्थगित गरिएको थियो ।
––––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter