१८ माघ २०८१

चीनद्वारा सोलिहलाई बधाई

९ आश्विन २०७५, मंगलवार २३:४१ मा प्रकाशित

बेइजिङ, चीन, १० असोज,,    मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उहाँलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ ।

निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत हुनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा निर्वाचन लडेका सोलिहले यमीनमाथि अप्रत्यासित रूपमा विजय चुम्न सफल हुनुभएको थियो । यमीनको कार्यकालमा चीन–मालदिभ्सबीचको सम्बन्धमा निकटता देखिएको र सोही समय चीनले मालदिभ्सको भौतिक पूर्वाधार निर्माणमा ठूलो राशी ऋण लगानी दिएको थियो ।

यमीन सरकारलाई विमानस्थलदेखि राजधानी माले जोड्ने चाइना–मालदिभ्स फ्रेन्डसिप ब्रिज लगायतका आयोजना निर्माणका लागि दशौँ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । पुल गत अगस्टदेखि सञ्चालनमा आएको छ ।

चीनले मालदिभ्सलाई दिएको ऋणले लामो समयदेखि माल्दिभ्सको पक्षमा सहयोग गर्दै आएका भारत तथा पश्चिमा मुलुकहरूलाई चिन्तित तुल्याएको थियो । पूर्व–पश्चिम व्यापार मार्गमार्फत टापूहरूको देश मालदिभ्समा चीनको प्रभाब बढ्न थालेपछि उनीहरूले मालदिभ्सप्रति सम्वेदनशील बनेका थिए ।

चीनका विदेश मन्त्रालयका गेङ सुवाङले भन्नुभयो, “हामीले माल्दिभ्ससँगको हाम्रो परम्परादेखिको मित्रतालाई थप बलियो बनाउन सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ साथै यसबाट दुबै देश र यहाँका जनताले लाभ लिने विश्वास चीनको छ ।”

सञ्चारकर्मीसँगको नियमित भेटघाटमा उहाँले भन्नुभयो, “चिनियाँ व्यवसायिक लगानी भित्राउने वातावरण मालदिभ्सले बनाउने सम्वन्धमा नीतिगत स्थायित्व कायम गर्नेमा चीन विश्वस्त छ ।”

यमीनले आफ्नो कार्यकाल यही नोभेम्बर १७ मा सकिने र त्यसपछि स्वभाविक तथा औपचारिक सत्ता हस्तान्तरण हुने बताउनुभएको छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter