११ माघ २०८१

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ

७ आश्विन २०७५, आईतवार १६:१९ मा प्रकाशित

बर्दिवास, ७ असोज,,  महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो ।

नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको सम्झौतामा १८दशमलव ५६ किमी लम्बाइको यो सडक निर्माण थालिएको तीन वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्नेमा दुई वर्ष नाघिसक्दासम्म ४५ प्रतिशत मात्र काम भएकाले निर्धारित समयमा काम सकिने सम्भावना नरहेको उक्त कार्यालयका प्रमुख सन्तोष कर्णले बताउनुभयो ।

“सडक निर्माणका लागि आवश्यक पर्ने बालुवा र ढुङ्गाको अभाव हुने गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री नै पर्याप्त नपाइएपछि निर्माण कम्पनीलाई निर्धारित समयमा काम सक्न सकस परेको छ । अब अहिलेसम्मको कामको गति हेर्दा बाँकी अवधि एक बर्षभित्र सम्पन्न गर्न सकिने अवस्था देखिँदैन, बाँकी ५५ प्रतिशत काम गर्न थप छ महीना लाग्ने देखिन्छ । ”

चार लेनको उक्त सडक निर्माणमा प्रतिभा वाई.पी.जे.भी र आशिष पप्पु रोशन जेभी संलग्न छन् । गत जेठदेखि नै जिल्लाका स्थानीय तहहरुले नदीबाट बालुवा र ढुङ्गासहित नदीजन्य वस्तु उत्खनन तथा ओसारपसारमा बन्देज लगाएकाले यसको असर सडक निर्माणमा परेको निर्माण कम्पनी बताउँछन् । सडक निर्माण कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयले बालुवा, ढुङ्गा आपूर्तिमा सहजता ल्याउन परिपत्र गरे पनि स्थानीय तहसँग समन्वय हुन नसक्दा अहिले काम ठप्पजस्तै बनेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter