०६ माघ २०८१

तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छ ,, अध्यक्ष दाहाल

६ आश्विन २०७५, शनिबार २२:५८ मा प्रकाशित

चितवन, ६ असोज ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताउनुभएको छ । अध्यक्ष चयन भएपछि आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताउनुभयो ।

पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उहाँको भनाइ थियो ।
पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उहाँले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter