१८ माघ २०८१

काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

५ आश्विन २०७५, शुक्रबार १९:३६ मा प्रकाशित

श्रीनगर, भारत, ५ असोज ,,    भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको समाचारमा जनाइएको छ ।

दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै काश्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका बिषयलाई लिएर विवाद हुदै आएको छ । दुवै देशले काश्मिरलाई आफ्नो भूभाग भएको दावी गर्दै आएका छन् ।

काश्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter