भुटाहा सुनसरी , असोज ४ ,, सुनसरीको हरिनगर गाउँपालीकामा अज्ञात समुहले गोलि चलाउदा एकजनाको मुय्तृ भएको छ भने एक जना प्रहरी गम्भीर घाइते भएको स्थानीयहरु बताएका छन् । साविककाे भुटाहा वडा नम्बर ४ हाल हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहा बस्ने स्थानीय नेकपा एमालेका नेता खुर्शिद अालम अन्सारीलाई तीन गाेलि मारेको छ। अन्सारीकाे घटना अस्थलमै मुय्तृ भएको हाे।अन्सारीलाई टाउको , छाति , हातमा गाेलि लागेको स्थानीयहरुले बताए। स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार भआएका दुईवटा माेटरसाईकल एउटा गाडीमा नम्बर प्लेट रहेको एउटा गाडीमा नम्बर प्लेट नरहेको दुईवटा गाडीमा चारजना बसेकाे स्थानीयहरुले बताए। अन्सारीलाई गाेलि मारेर भागने क्रममा घुस्की प्रहरी चाेकीका प्रहरी जवान शिवलाल पौडेल माथि चार गाेलि चलाउदा दुई गोलि लागेको हाे। प्रहरी जवान शिवलाल गम्भीर घाइते भएका हुन । पौडेललाई कमर र खुटामा गाेलि लागेको हाे। उनलाई उपचारको लागि बिराटनगरको एक अस्पताल पठाएको छ ।यसबारे थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।
देशै भरी बाट मुस्लिम अगुवाहरुले घटनाको प्रतिकार गर्दै न्यायपूर्ण क्षति सहित शान्ति सुरक्षा स्थापना गर्न मांग गर्दै
। आलमको अन्त्येष्टि बारे अहिले कुनै सूचना जारी भएको छैन ।
तपाईंको प्रतिकृयाहरू