कपिलवस्तु ३ असोज । आजसंविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । यता कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टि नेपाललेआज कालो दिनको रुपमा कालो झण्डा सहित रैलि बिरोध प्रर्दशन गरेको छ । स्वराजको माग सहित वि.स. २०७२ साल असोज ३ गते बन्दुकको नालमा मधेस र मधेसी जनताको हित विपरितको विभेदकारी संविधान जारी गरिएको भन्दै त्यसको विरोध गर्दै आज कपिलवस्तमा संविधान दिवस कालो दिवसको रुपमा रा.ज.पा नेपाल ले मनाउँदैछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू