काठमाडौँ, २ असोज ,, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन हुनुभएको छ । काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज यादव, सहसचिवद्वयमा सुस्मिता कुलुङ र कमल बोहरा तथा कोषाध्यक्षमा विनोद सुदाम रहनुभएको छ । सातवटा प्रदेशमा समेत सात उपाध्यक्षपछि चयन गरिने अध्यक्ष रायमाझीले बताउनुभयो ।
‘वैज्ञानिक समाजवाद र राष्ट्रियताका लागि २२ सम्मेलन’ भन्ने मूल नाराका साथ दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो ।
सम्मेलनले सामुदायिक शिक्षाको रक्षा र स्तर उन्नतिका लागि शैक्षिक अभियान सञ्चालन गर्ने निर्णण गरेको छ । शिक्षामा रहेको सामान्तवाद अन्त्यको लागि आन्दोलन गर्ने, राष्ट्रियता र मौलिक शिक्षामा पक्षपोषण गर्ने, शिक्षामा देखिएको निजीकरण तथा व्यापारीकरण अन्त्य गर्न राज्यको दायित्व बोध गराउन दबाब दिने जस्ता प्रस्ताव पारित गरिएको अध्यक्ष रायमाझीले उहाँले जानकारी गराउनुभयो । सम्मेलनमा ७४ जिल्लाका २५० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू