१० माघ २०८१

भारोत्तोलन खेलाडी पोल्याण्डतर्फ

२ आश्विन २०७५, मंगलवार ११:१६ मा प्रकाशित

काठमाडौँ, २ असोज,,  ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो ।

यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट र महिला ५३ किलो तौल समूहमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा विश्वविद्यालय खेलकूद सङ्घ नेपालका अध्यक्ष प्रदीप जोशी र प्रशिक्षकमा संगमसिंह थापा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले बिदाइ गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter