कपिलवस्तु, १ असोज । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले पुनः गोपाल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।उपाध्यक्षमा खग प्रसाद चपाई, समावेशी उपाध्यक्षमा किरणमान बज्रचार्य, सचिवमा मणि प्रसाद गैेह्रे, सहसचिवमा कृष्ण गैरे र कोषाध्यक्षमा गुरुदेव पौडेल चयन भएका छन । अधिवेशनको उद्घाटन गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता र अधिनायकवाद लादन खोजेको सरकार विरुद्ध जनता र पत्रकारले खबरदारी गर्ने बताए ।डर त्रासमा नरही पत्रकारहरुले कलम चलाउनु पर्ने र लोकतन्त्र र स्वतन्त्रताका लागि सधै खबरदारी गर्नु पर्ने बताए ।प्रेस युनियन छैठौ जिल्ला अधिवेशनका लागी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीलाई प्रतिनिधि,केन्द्रिय सभापती ब्रदी सिग्देल, बरिष्ठ उपसभापती दिपक आचार्य लगायतका उपस्थिति थियो ।कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आर्चाय, संसद अभिशेष प्रताप शाह , प्रदेश सांसद रिना नेपाल , शान्ति सुनार, रुन्दावती शर्मा, पूर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।सो अवसरमा स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति पुरस्कारबाट पत्रकार मनोज पौडेल र स्वर्गिय प्रमेदराज शर्मा पत्रकारित पुरस्कारबाट पत्रकार सरोज अर्याललाई पुरस्कृत गरिएको थियो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू