०३ चैत २०८१

शान्ति सैनिक घाइते

१ आश्विन २०७५, सोमबार ११:३९ मा प्रकाशित

काठमाडौँ, १ असोज ,,   संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।

आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी ं(एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ । यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ वेशबाट दैनिकरुपमा पानी ढुवानी गर्न खटिएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार हुँदा सैनिक जवान घाइते भएको बताइएको छ । ती घाइते सैनिकको नाम भने नेपाली सेनाले उल्लेख गरेको छैन । सन् १९५८ देखि द्वन्द्वग्रस्त मुलुकमा विश्व शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाले ४२ वटा देशमा शान्ति स्थापनाका लागि योगदान पु¥याइसकेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter