कपिलवस्तु भदौ २९ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा शुद्धोधन गाउँपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर गाउँपालिका घोषणा भएको हो ।
शुक्रबार बाल दिवसको अवसर पारेर एक समारोहका बीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका घोषणा गर्नुभएको हो । ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको बताएउनुभयो । सबैको साथ सहयोगले जिल्लाको पहिलो पूर्ण भर्ना गाउँपालिका बनाएका बताउदै यस आर्थिक बर्ष शिक्षा तर्फ ६१ लाख रुपैया बजेट छुट्टाएको हुदा अब विद्यालयमा विद्यार्थी टिकाउने गरी दिर्घकालिन योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका तथा संघसंस्थाले घरदैलो कार्यक्रम संचालन तथा भर्ना हुन नसकेका घरपरिवारका बालबालिकालाई आर्थिक सहयोग गरेपछि पूर्ण भर्ना गाउँपालिका बनाउन सफल भएको हो ।
शिक्षा बिकास तथा समन्वय इकाइ समितिका प्रमुख बाबुराम भटराइले जिल्ला मै पूर्ण भर्ना तथा साक्षर घोषणा गरेर उदाहरणिय काम गरेको प्रशंसशा गर्नु भएको थियो ।
५ देखि १२ वर्ष उमेर समुहका ६ हजार २ सय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् । सवै बालबालिका विद्यालयको पहुँचमा पुगेको शुद्धोधन गाउँपालिकाका शिक्षा प्रमुख टिकाराम पौडेलले दाबी गरे । शुद्धोधन गाँउपालिकामा सामुदायिक, संस्थागत र मदरसा गरी ५७ विद्यालयका १२ हजार ४ सय ४ विद्यार्थी रहेका छन् । यसै गरी एस.ई.ई. परिक्षामा गाउँपालिकामा सर्बाधिक अंक ल्याएका ३ जना छात्र छात्रा लाई नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू