१२ फागुन २०८१

नेपाली फुटबल टोली स्वदेश फर्कियो

२८ भाद्र २०७५, बिहीबार १९:५१ मा प्रकाशित

काठमाडौँ, २८ भदौ,,   बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ ।

नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२आँै संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हँुदै घर फर्किएको हो । समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बङ्गलादेश र भूटानमाथि शानदार जीत निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी र खेल प्रशंसकहरु नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २–० ले पराजित भएको थियो । श्रीलङ्का पनि भारतसँग २–० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा माल्दिभ्सले बाजी मारेको थियो । समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई तीन गोल गरेको हो ।
–––

तपाईंको प्रतिकृयाहरू

खेलकुद

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter