काठमाडौँ, २४ भदौ ,, नेपाली काङ्ग्रेसले बिपी विचार बिर्सिएकाले तीनै तहको निर्वाचनमा पछि परेको राजनीतिज्ञले बताएका छन् ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्तीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘आजको सन्दर्भमा बिपी विचार’ कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विधिको शासन स्थापनामा कोइरालाले महत्वपूर्ण योगदान दिनुभएको स्मरण गर्नुभयो ।
“स्वतन्त्र न्यायपालिकाको विकासमा बिपीको योगदान महत्वपूर्ण छ, विसं २००८ मा स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरी पहिलो प्रधानन्यायधीश हरिप्रसाद प्रधान बनाइएपछि संस्थागत रुप धारण ग¥यो, त्यसबेला कानून गृहमन्त्रालय अन्तर्गत नै थियो,” उहाँले भन्नुभयो ।
पूर्व उपप्रधानमन्त्री एवं काङ्ग्रेस नेतृ सुजाता कोइरालाले बिपी विचार छोडेकै कारण चुनावमा पार्टीको लज्जाजनक हार भएको स्वीकार गर्नुभयो । अझै पनि नेपालको राजनीतिमा बिपीको मेलमिलाप नीति जस्तै सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
नेकपा मालेका महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीले बिपी गतिशील विचारका नेताका रुपमा स्थापित हुनुभएको बताउनुभयो । बिपीले श्रमजीवी गाउँलेको उत्थानलाई प्रजातान्त्रिक समाजवादमा समेट्नुभएको उहाँको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले बिपीको प्रजातान्त्रिक समाजवादी चिन्तनलाई काङ्ग्रेसले नेै भुलेको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस (बिपी) का अध्यक्ष हरिबोल भट्टराई, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजकृष्ण अमात्य, उपाध्यक्ष पुष्पराज पराजुली लगायतले बिपी विचारको पुनर्जागरण गरिनुपर्नेमा जोड दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू