०३ चैत २०८१

दलित पार्टीको राष्ट्रिय भेला असोजमा

२४ भाद्र २०७५, आईतवार १५:३८ मा प्रकाशित

काठमाडौँ, २४ भदौ ,,   नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले दलितका विषय उठाएर ठूला राजनीतिक दल सत्तामा पुगे पनि दलितले परिवर्तनको कुनै अनुभूति पाउन नसकेकाले भेला दलितका अधिकारप्रति केन्द्रित हुने बताउनुभयो ।

भेलाले मानवतावादी सिद्धान्तलाई लागू गर्न सरकारलाई दवाव दिने र अहिले भइरहेका बलात्कारका घटनाबारे विशेष प्रस्ताव पारित गर्ने उहाँले बताउनुभयो ।

प्रत्येक तीन तीन वर्षमा हुने भेलाले ३३ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने सचिव महेश तिरुवाले जानकारी दिनुभयो । भेलामा करीब ५०० प्रतिनिधिको सहभागिता हुनेछ । विसं २०६९ मा स्थापना भएको पार्टीले ‘मानवता, श्रमिक, समानता र लोकतन्त्र’ विषयमा आवाज उठाउँदै आएको छ । गत वर्ष सङ्घ र प्रदेश तहको निर्वाचनमा उक्त पार्टीले १० जिल्लाबाट उम्मेदवारी दिएको थियो

तपाईंको प्रतिकृयाहरू

राष्ट्रिय

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter