म भोलि बिदा लिंदै छु
भोलि सूर्य उदाउनुभन्दा पहिले
मलाई अस्ताउनु छ
भोलि फूल फकृनुभन्दा पहिले
मलाई ओइलिनु छु
हाँस्नुभन्दा पहिले
मलाई रुनु छ र सायद रुवाउनु छ
च्याँ-च्याँ गर्दै गरेका चल्लाहरू गुँडबाट
खुल्ला आकाशमा
आफ्ना पखेटा फिंजाउनुभन्दा पहिले
मलाई अरुको काँधमा बोकिनु छु
जून ताराहरूसमक्ष
आकाशमा निदाउनुभन्दा पहिले
मलाई धुप-दीपको समक्ष निदाउनु छ
म भोलि बिदा लिंदै छु
भोलि
म पनि जीवित छु भन्ने अभिलाषा देखाउने
मेरो सपना
मसँगै निदाउने छ
मेरो ओछ्यान
मसँगै निदाउने छ
भोलि
म रोकिरहने भीडमा
आफै मेरो लागि बाटो बनाइदिने छ
भोलि
मलाई फूलको हारले पनि सजाइने छ
सधैं फाटेको लुगा-कपडाले
म आफ्नो आङ छोप्ने गर्थें
भोलि मलाई नयाँ लुगाले छोपिने छ
भोलि
मेरो शरीर गाड्ने
एक गज जति माटो
एक शरीर बन्ने छ
र हेर्दै जानू त्यो शरीरले
मेटिएको, नलेखिएको
कविता जन्माउने छ ।
म भोलि बिदा लिंदै छु ।
#लेखक रेहान खान मा सर्वाधिकारको जिम्मेवार
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू