१० माघ २०८१

चीनसँगको व्यापार विवाद अन्त्य गर्न वार्ता जारी ,, ह्वाइट हाउस

२२ भाद्र २०७५, शुक्रबार २३:५६ मा प्रकाशित

वासिङ्टन, २२ भदौ ,,   चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा छलफल भइरहेको जनाएको छ ।
ह्वाईट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोले शुक्रबार दिएको जानकारी अनुसार वार्ता सकारात्मक रूपमा अगाडी बढिरहेको छ र आशा गर्ने ठाउँ देखिएको छ ।
“हामी लगातार छलफलमा छौँ, चीनले आफै समस्याको समाधान दिनेछ, अव यो भन्द समस्या हुनेछैन,” उहाँले भन्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter