कपिलवस्तु भदौ २२ ,, मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस” को अबसरमा”मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस” को अबसरमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्धको अभियान मा कृयासिल रुपमा काम गर्दै आएको सस्था के.आई . नेपालले कपिलवस्तु जिल्लामा विभिन्न कार्यक्रमहरु समापन गरेको छ ।मानब बेचबिखन नियन्त्रणमा उल्लेखनिय भुमिका खेल्दै आएको सस्थाले दिबसीय अबसर पारी विभिन्न महत्वपुर्ण कार्यक्रमहरु चलाएको छ । जसमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध को सचेतनामुलक स्कुल स्तरीय बक्तित्व कला कार्यक्रम समापन गरेको छ कपिलवस्तुको कृष्णनगरमा रहेका विभिन्न स्कुलहरु मध्ये गरिएको उक्त कार्यक्रममा रामगोरखा मा.बि बहादुरगङ्ग प्रथम भएको थियो ,त्यस्तै यसै अभियान पारी र्याली कार्यक्रम मा आयोजककोभुमिका समेत खेली सक्रिय सहभागिता रहेको थियो जसमा स्थानिय संघ सस्था , नगरपालिका ,नेपाल प्रहरी सशस्त्र प्रहरी लाइन्स कल्ब पि.आर.सि.अग्रहरी युवा मन्च,दियालो नेपाल लगाएका सस्थाहरु आयोजक तथा उपस्थिती रहेको थियो । यसरी यश सस्थाले कार्यक्रम अगाडी बढाउने क्रममा भारतीय प्रहरी तथा भारतीय एस.एस.बि ,भारतीय सरोकार वाला निकायहरु संग रहि प्रतिबद्धता सहितको हस्ताक्षर कार्यक्रम समापन गरेको छ हस्ताक्षर कार्यक्रममा मानव बेचबिखन नियन्त्रणमा सधै सहयोग गर्ने प्रतिबद्धता सहितको ब्यानरमा हस्ताक्षर गरि प्रतिबद्धता जनाएका थिए । यस्तै सन्दर्भमा यस सस्थाले सामुदायिक कार्यक्रम पनि निरन्तर गर्दै आएको र सामुदायिक कार्यक्रम अन्तर्गत बुद्धभुमी न.पा 1 टिक्करमा जनचेतना मुलक तिज गित कार्यक्रम समापन गरेको छ ।कार्यक्रममा सोही नगरका नगर प्रमुख केसब श्रेष्ठ लगाएत सम्पुर्ण सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू