०३ माघ २०८१

कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने तयारी

इमरान खान

२१ भाद्र २०७५, बिहीबार २३:०७ मा प्रकाशित

कपिलवस्तु २१ भदौ । कपिलबस्तुमा समाजिक विकास मंत्रालयको तर्फबाट कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नाका लागि प्रदेश नं.५ को तर्फबाट एउटा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मुख्य अतिथिको रुपमा कृषि मंत्री चक्रपाणी खनाल,प्रदेश नं.५को समाजिक विकास मंत्री सुदर्शन बराल,शिक्षा अधिकारी,जिल्ला प्रमुख ,विधायक,राष्ट्रीय मदरसा संघ नेपाल को राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, रा.म.स.ने.के राष्ट्रीय महासचिव मौलाना मसहूद खाँ नेपाली लगायत मेयर,उपमेयर शिक्षक,शिक्षाप्रेमीहरुको उपस्थिति थियो । कार्यक्रम चल्दै गर्दा त्यही कार्यक्रमको बिचमा जिल्ला शिक्षा अधिकारीले प्रश्न उठाएका थिए कि कार्यलयलाई छुट्याउन गारो छ कि मदरशामा पढेका लाई साक्षर छन कि छैनन ।राष्ट्रीय मदरसा संघ नेपाल को राष्ट्रीयमहासचिव मौलाना मसहूद खाँ नेपाली लगायत शिक्षक र शिक्षा प्रेमीहरु उनको प्रश्नको बिरोध गर्दै भने कि हामीसंग सरकारले मूलप्रवाहिकरणमा आउन भने हामी मूलप्रवाहिकरणमा ग¥यौ र सरकारको निर्देशानुसार मदरसामा पाठ पठन शुरु भयो ।नेपाली,अग्रेजी,गणित,इतिहास,जस्ता बिषयहरु मदरसामा लागू गरि कम्प्यूटर शिक्षा पनि दिन शुरु गरेका छौ ।यति गर्दा पनि मदरसामा पढेकोलाई साक्षर मान्नमा गरोह छ। भन्ने जवाफ अको थियो तब त्यहा उपस्थित सबै पदाधिकारीहरुले भने कि मदरसामा पढेकोलाई साक्षर मान्नू पर्छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खाँ नेपालीले बताएका छन। नेपालको संविधानको ३१धारा र उपधारा ५ र ३२ धाराको उपधारा १,२मा पनि यो कुरा उल्लेखित छ। यसै क्रममा कृष्णनगर न.पा.उपमेयरको सलाहकार तुफेल अहमद खाँले भने हामी आफ्नो जिल्लालाई पूर्ण साक्षर घोषणा गर्नको लागि सकेसम्म पूर्ण सहयोग गर्छौ र कपिलबस्तु जिल्लालाई नमूना जिल्ला बनाउन हामी सबै मिलेर मेहनत गरेर शिक्षाको क्षेत्रमा स्थानिय तहदेखि मथिल्लो निकाय सम्म कुनै लापरवाही नगरी शिक्षाको माध्ममले आफ्नो जिल्ला र देशलाई अगाडि बढाउन अग्रह गर्दै अफ्नो मनतब्य टुंग्याएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter