१० माघ २०८१

सवारीसाधन पार्किङ शुल्क नलिइने

१९ भाद्र २०७५, मंगलवार १७:०६ मा प्रकाशित

नेपालगञ्ज १९ भदौ ,,   सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ ।

नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो ।

हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

बैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरिनुका साथै सार्वजनिक सेवा तथा क्षमता विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद्् व्यवस्थापन र विधयेक समिति गठन गरिएका छन् । ती समितिमा जिम्मेवारी बाँडफाँड र सदस्य संख्या अझैं तोकिएकोे छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter