काठमाडौँ, १७ भदौ,, नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमित बनेको छ । सबस्टेसनमा रहेका दुईवटा २२ दशमलब ५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको हो ।
प्राविधिक समस्याका कारण धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु, बालाजु औद्योगिक क्षेत्र र नयाँ बजार फिडरबाट विद्युत् आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् । प्राधिकरणका बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति भइरहेको जानकारी दिनुभयो ।
उहाँले ट्रान्सफर्मरमा समस्या आउनासाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको बताउनुभयो । यथासक्य चाँडो मर्मत गरी विद्युत् सेवा सञ्चालन गर्ने प्रति नेपाल विद्युत् प्राधिकरण प्रतिबद्ध रहेको र सोहीअनुसार काम भइरहेको रेग्मीको भनाइ छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू