काठमाडौँ, १५ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत आज भन्नुभएको छ, ‘अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति हो । बिम्स्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुने गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ ।’
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू