१० माघ २०८१

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

१५ भाद्र २०७५, शुक्रबार १९:५२ मा प्रकाशित

काठमाडौँ, १५ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको समापनपश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग सौहार्दपूर्ण वार्ता भएको र छोटो समयको तयारीमा बिम्स्टेकको शिखर सम्मेलन यति भव्यताका साथ सफल भएकामा उहाँको सहयोगको प्रशंसा गरी ट्विट गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter