१७ माघ २०८१

पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

१२ भाद्र २०७५, मंगलवार ११:१७ मा प्रकाशित

मस्को, १२ भदौ ,,  रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।
विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।
यसै बर्षको सुरुमा उहाँको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।
उहाँकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक ¥याली हुन लागेको अघिल्लो दिन उहाँलाई अदालतले यस्तो फैसला सुनाएको हो ।
टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताउनुभयो ।
नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उहाँको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter