नेपालगञ्ज, ३० साउन , बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर स्थानीय तहले ३० प्रतिशतसम्म कर बढाउन सक्ने व्यवस्था छ । तर वडा कार्यालयले ३०० प्रतिशतसम्म कर वृद्धि गरेको कोहलपुर नगरपालिका वडा नं ८ का स्थानीय पूर्णप्रसाद आचार्यले बताउनुभयो ।
वडा कार्यालयले मापदण्डविपरीत कर असुलेको गुनासो नगरपालिकामा आएको बताउँदै उपप्रमुख सञ्जुकुमारी थारुले नियमविपरीत लागू गरिएको कर सम्बन्धी निर्णयलाई सच्याइने छ भन्नुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू