काठमाडौँ, २९ साउन (रासस) ः भारत सरकारले हुलाकी राजमार्ग आयोजना निर्माणका लागि रु २९ करोड ३७ लाखको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सोही मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि प्रदान गरिएको हो । भारत सरकारले ती सडक बनाउन रु दुई अर्ब ३५ करोड प्रदान गरिसकेको छ । सन् १९५० देखि भारत सरकारले भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारहरुको विकासका लागि सहयोग गर्दै आएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू