इनरुवा , केयर खबर; सुनसरीको दक्षिण क्षेत्र हरिनगर गाउँपालिकामा पहिलो पटक अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने भएको छ।
अल्पसंख्यक अधिकार संरक्षण केन्द्र नेपालको आयोजना र नेपाल पिछडावग ओविसी महासंघ, युथ स्टार क्रिकेट क्लब, भुटाहा स्पोट क्लब, एपोलो ११ युथ स्पोट क्लब, नेपाल वेलफेयर सोसाईटी, पब्लिक हाडेवेयर, भुटाहा समाजिक संस्था लगायत अठार वटा सघं संस्थाहरुको सहयोगले अन्तर्राष्ट्रिय युवा दिवस २०१८ को अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ।
दौड प्रतियोगितामा हरिनगर गाउँपालिकाका सात वटै वडाबाट युवा र युवतीहरु तिन सो जनाको सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष नईम अन्सारीले जनकारी दिएको हो।
सो खुल्ला दौड प्रतियोगितामा सम्पूर्ण सहभागीहरुलाई टिसर्ट ९भेस्ट ० दिएको अन्सारीले बताएको हो। दौड साविक भुटाहाको वडा नम्बर ३ हाल हरिनगर गाउँपालिका वडा नम्बर २ बाट शुरु भएर श्री हरिनगरा उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा समापण भएको हो।
हरिनगर गाउँपालिका स्तरीय खुल्ला दौड प्रतियोगितामा युवातर्फ मुम्मताज अन्सारी प्रथम भएको हो। र युवतीतर्फ रेनु कुमारी मेहताले प्रथम भएको छिन् ।
खुल्ला दौड प्रतियोगिताका प्रमुख अथिति रिमझिम भगत, विशेष अथिति हरिनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर कार्की, हरिनगरा इलाका प्रहरी कार्यालय प्रमुख भिन बाहादुर श्रेष्ठ , अथितिहरु कार्यपालिका सद
स्य डा।सुशील ठाकुर, इशा अन्सारी लगायत रहेको थियो ।
नईम अन्सारीको अध्यक्षतामा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू