२२ माघ २०८१

काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

२६ श्रावण २०७५, शनिबार २३:४६ मा प्रकाशित

काठमाडौँ, २६ साउन ,नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको आज भारतको कोलकोतामा निधन भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याउनुभएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter