जनकपुरधाम, २६ साउन , भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकार मधेश विरोधी नभएको बताउनुभएको छ ।
मारबाड़ी सेवा समिति जनकपुरधामको स्वर्ण जयन्ती महोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकार मधेशको विकास केन्द्रित विशेष योजनाका लागि रु तीन अर्ब ५२ करोड़को योजना अघि सारेको छ भन्नुभयो ।
मधेश विशेष विकास योजनाअन्तर्गत मेचीदेखि महाकालीसम्म भौतिक पूर्वाधार तथा यातायात निर्माणका कार्य गरिने बताउँदै उहाँले भन्नुभयो, “योजनाको विस्तारलाई दृष्टिगत अझै रकम थपिने अवधारणा छ ।”
मन्त्री महासेठले १० देखि १५ दिनभित्र जनकपुरधाम–जटही सडकखण्डको नाम शहीद दुर्गानन्द झा नामाकरण गरी छ ‘लेन’ सडक निर्माण कार्यलाई प्राथमिकता दिने जानकारी दिनुभयो । आगामी डिसेम्बर महिनासम्ममा जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालन र सन् २०२२ सम्ममा सोही सेवालाई वीरगञ्जसम्म विस्तार गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
मन्त्री महासेठले चीनको लाप्चाको सीमादेखि नेपालको भिठ्ठामोर सीमासम्म १२० किमी सडक निर्माणको अवधारणालाई मूर्त दिने गृहकार्य पनि अघि बढाइएको छ भन्नुभयो । उहाँले मारवाडी समुदायले राजश्वदेखि सामाजिक, भ्रामिक चाडपर्व, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदान सराहनीय रहेको प्रसंग उल्लेख गर्नुभयो ।
प्रदेश नं २ राष्ट्रिय जनता पार्टी संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले मारवाडी समुदायको जनकपुरधामको विकासमा ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मारवाडी समुदायले व्यापारिक प्रवद्र्धनका माध्यमबाट सामाजिक र आर्थिक रूपान्तरणमा सकारात्क योगदान पु¥याएको बताउनुभयो । समितिका अध्यक्ष ललितकुमार बजाजको सभापतित्वमा भएको सो समारोहमा मारवाडी समुदायमा योगदान पु¥याउने सम्मान गरिएको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू