२२ माघ २०८१

इक्रा फाउंडेशनको नवौँ साधारण सभामा स्वास्थ्यकर्मी सीमा खान सम्मानित

२६ श्रावण २०७५, शनिबार १८:४० मा प्रकाशित

बाँके,२६ साउन । नेपाल एक्रा एजुकेशनल फाउन्डेसन बाकेका ९ औ साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ। फाउन्डेशनका अध्यक्ष सक्ति कुमार बसाँकरको अध्यक्षतामा भएको साधारण सभामा गैरसरकारी सँस्था महासँघकी अध्यक्ष सपना भटराइको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा सस्थालाई कानुनी रुपमा सहयोग गरेको भन्दै अधिवक्ता विश्वजित तिवारीलाइ दश हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै मुस्लिम समुदायबाट स्वास्थ्य क्षेत्रमा सरकारी सेवामा प्रवेश गरी अतिबिकट ठाउमा सुत्केरी अवस्थामा समेत जनताको सेवा गर्दै आएको र इक्राको साधारण सदस्य रहेको अवस्थामा जनताको स्वास्थ्य सेवामा लागि रहनु भएकि सिमा घर्ती मगर खान लाई समेत सम्मान गरिएको थियो। खानले आफु सरकारी जागिरमा प्रवेश गरेकोले संस्थाको साधारण सदस्यमा बस्न नमिल्ने भन्दै संस्थामा रहि जनताको सेवा गर्ने अवसर दिएको भन्दै धन्यबाद दिनु भएको थियो । एक्राले शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गरिरहेको सस्थाकी सचिव साहिरा बानुले बताउनु भएको थियो। प्रमुख अतिथि सपना भट्टराईले बिपन्न समुदायका लागि एक्राले गरी रहेको कामले आफुलाई प्रभाबित बनाएको भन्दै भबिष्यमा साथ दिने बताउनु भयो ।
यस्तै अधिवक्ता विश्वजित तिवारीले आफुलाई सम्मान गरेको भन्दै संस्थालाई कानुनि रुपमा साथ दिन तयार रहेको बताउनु भयो । साथै नरैनापुरलाई प्राथमिक्ता दिन सुझाव दिनु भएको थियो ।
साधारण सभाको अवसर पारी सस्थाले कम्प्युटर र सिलाई तालिम प्राप्त गरेकाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सभालाई समापन गर्दै शक्ति बंशकारले एक बर्षमा एक करोड बराबरको काम गरेको बताउनु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter