दलित अधिकार समाज, पर्सा, नेपाल / सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदायको आयोजनामा पर्सा जिल्लाको दलित अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम सखुवाप्रसौनी गाउँपालिका-२ को श्री नेपाल राष्ट्रीय मोहन प्राथमिक विद्यालयमा सञ्चालन भएको छ। प्रदेश नं-२को दलित अवस्था , दलित अधिकार, दलित सशक्तिकरण विधेयक बारे , प्रहरी ऐनमा दलित कोटा , पर्सा जिल्लाको दलित एकताको लागि संगठन निर्माण , निर्वाचित दलित प्रतिनिधिको अवस्था, दलितको सामाजिक न्यायको लागि सामाजिक आन्दोलन तथा राजनीतिक आन्दोलनको बारे बृहत् छलफल गरिएको छ । दलित अगुवा हिरालाल महरा चमारको अध्यक्षतामा कार्यक्रम भएको छ। प्रमुख अतिथि दलित नेता सुबा राम ,विशिष्टअतिथि रामबाबू बैठा रहेको कार्यक्रममा सुरेन्द्र पासवान, शिक्षक उमाकान्त माझी, शिक्षक गोविन्द राम , दलित अगुवा डा चन्द्रकिसोर राम ,इनरदेव राम ,वीरेन्द्र राम ,मुरतिया देवी , लगायतको सहभागिता रहेको थियो ।
यो कार्यक्रम दलित अधिकार समाज ,पर्सा,नेपालको अध्यक्ष मनोज रामले सञ्चालन गरेका छन। दलितको सामाजिक तथ राजनीतिकआन्दोलनको लागि दलित अधिकार परिषद नामक संगठन निर्माण गरिएको छ
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू