नेपाल बाट साउदी अरेबिया हज गर्नको लागि गएका नेपाली हाजीहरुले उमरह गरेर नमाज, प्रार्थना गर्नुको साथै सफा, मरवहको दौड़ लगाउदै छन भने जमजमको पानी पिउन व्यस्त छन । मक्काको मुफ़्सला स्थित नेपाली हाजिहरुको लागि बस्ने प्रबन्ध मिलाईएको छ ।
केयरखबरका सऊदी प्रतिनिधिले हाजिहरु सँग लिएको जानकारी अनुसार हाजिहरु खुशी देखिएका छैनन ।
हज खर्च बापत लिएको रकम , खाना तथा होटल बन्दोबस्त गर्ने कुरामा नेपाल हजकमिटिले हाजिहरुलाई धोका दिएको प्रायः हाजीहरुको भनाइ छ।
हज प्रक्रिया पूरा गरिरहेका अब्दुर्रहमान खानले भने “ हाजिहरूको लागि व्यवस्था गरिएको खानाको स्वाद आफू अनुकूल हुदैन, समयमा दुई छाक खानाको पनि राम्री
बेवस्थापन गर्न नसक्ने हज समतिले ठुलो मर्कामा पारेको छ “।
त्यस्तै एकजना बशीर अहमद नाम गरेका हाजीले “ भिसाको खर्च बापत लिएको ७२३ सऊदी रियाल झूठो हो , हज कमिटिले तुरन्त रकम फिर्ता गर्नु हाम्रो माँग छ ” भने।
केयरखबरमा साउन १९ गते नेपाल हज समितिले गरेको आर्थिक हिनामिना बारे खबर प्रकाशित भए लगत्तै भोली बिहान सावन २० गते हज समितिले कुनै किसिमको आर्थिक चलखेल नगरेको बिज्ञप्ति प्रकाशित गरेको थियो।
तर उक्त बिज्ञप्ति बारे एक जना सरकारी कर्मचारी(नाम न उल्लेख गर्ने बापत)ले केयरखबर सँग कुरा गर्दै
“ हज समितिले अहिले सम्म पूर्णरूपले भिसा बापत लिएको रकमको जानकारी गराउन सकेको छैन , समिति सँग कुनै जवाफ छैन , भ्रम छर्ने बाहेक अरु केहि गरेको छैन ” भने ।
साथै राजनैतिक रुपमा मुस्लिम समुदायको नाममा खुलेका भातृ सङ्ग संस्था मुस्लिम सङ्ग नेपाल , मुस्लिम इत्तिहाद संगठन, मुस्लिम मुक्ति मोर्चाका पदाधिकारीहरुले यस विषय बारे कुनै चासो देखाएका छैनन ।
२ वर्षको अवधिको लागि तत्कालीन गृहमन्त्री कांग्रेस निकट बिमलेंद्र निधिको निगरानीमा गठन भएको हज कमिटीमा कोंग्रेस निकट मोहम्मद शोयब अध्यक्ष छन ।
अहिले नेपाल कम्युनिस्ट पार्टीको गृहमन्त्री रहेको तथा अवधि पनि खत्म हुन लागेको हुनाले अब बन्ने हज कमिटीमा स्वतः ने क प का मुस्लिम नेताहरुको नियुक्ति हुनेछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू