०३ माघ २०८१

विश्वविद्यालय सुधारको माग

२३ श्रावण २०७५, बुधबार २३:१४ मा प्रकाशित

काठमाडौँ, २३ साउन ,नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालय अन्तर्गतका कूल ५९ क्याम्पसमध्ये ४० वटामा गरिएको अनुगमनमा ती क्याम्पसले सम्बन्धन लिँदा न्यूनतम मापदण्ड पनि पूरा नगरेको जानकारी दिइयो ।

कलेजमा २०० जनासम्म विद्यार्थी पढ्न सक्ने पुस्तकालय हुनुपर्ने उल्लेख गरिए पनि १० जना विद्यार्थी पढ्ने ठाउँ नभएको र प्रत्येक क्याम्पसको भवन १५ रोपनी जग्गामा हुनुपर्ने उल्लेख भए पनि एउटा क्याम्पस मात्र १५ रोपनी जग्गामा निर्माण भएको पाइएको विश्वविद्यालय केन्द्रीय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँले पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसले विश्वविद्यालय र सम्बन्धित काउन्सिलको मापदण्ड पूरा गर्नुपर्ने एवं अनुसन्धान तथा विकास कोषको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । उहाँले काठमाडांै, बुटवल, चितवन तथा दाङमा विश्वविद्यालय सम्पर्क कार्यालय स्थापना गर्न समेत माग गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter