काठमाडौँ, २२ साउन , महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
बा६च ३७७९ नंको सिल्भर रंगको हुण्डाई टक्सन कारको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू